संखुवासभाकी महिला अरोहिले पुर्‍याईन राष्ट्रपति पौडेलको तस्वीर पहिलो पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्‍याउने महिला आरोहि याङजी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिए । 

राष्ट्रपति भवन शितल निवासमा भएको कार्यक्रममा आफ्नो तस्वीर बिश्वकै अग्लो चुचुरो सगरमाथामा पुर्‍याएर सरप्राईज दिएको भन्दै उनले महिला अरोहिको साहस र आँटको प्रशंसा गरे । राष्ट्रपति पौडेलले हिमाल अरोहणमा नेपाली महिलाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै राष्ट्रको सम्मानको लागि आरोहिहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको पनि बताए । हिमाल अरोहि महिला याङजी शेर्पाले आफूले सरप्राईज दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पुर्‍याउन पाउँदा खुशी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्विर हस्तान्तरण गरे ।