डिजेल र मट्टितेलको मूल्य घट्यो, प्रतिलिटर मुल्य कति ? 

काठमाडौँ - डिजेल र मट्टितेलको मूल्य घटेको छ ।

आज बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

यस्तै, हवाई इन्धनको मूल्य भने बढेको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ ले बढेको हो । पेट्रोल र एल। पि। ग्यासको मूल्य भने यथावत छ ।

नयाँ मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुनेछ ।