नेपाली राष्ट्रिय फुटबल टीमले इंग्ल्यान्ड सीविरुद्ध खेल्ने, बेलायतसंग नेपाली फुटवल टोली भिड्ने

कमला रसाइली

लन्डन । बेलायतसंग नेपाली राष्ट्रिय फुटवलको टोली खेल्ने भएको छ ।  मे ६ तारिख सोमबार बैंक होलिडेका दिन दिउँसो तीन बजे अल्डरसट टाउन फुटबल क्लबमा सो खेल तय भएको हो । 

खेलका लागि नेपाली समुदायको तर्फबाट संयोजकको जिम्मेवारी लिएका कमल कोनेले  शुक्रवारसम्म दुई हजार बढी टिकट बिक्री भइसकेको बताए ।  सो खेललाई अनलाइन मार्फत समेत प्रत्यक्ष प्रसारण गरिने भएको छ। 

खेल हेर्न टिकट शुल्क १७ वर्षमुनिका लागि ५ पाउण्ड र वयस्कका लागि १० पाउण्ड तोकिएको छ । 

सो खेल हेर्न ८ हजार दर्शक  आउने अपेक्षा गरिएको छ ।