सभापति रवि लामिछाने संसदीय दलको नेता, अर्थ नीति बिभागमा डा. वाग्ले चयन 

काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले रविलाई दलको नेता बनाउने निर्णय गरेको महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय समितको उक्त निर्णयलाई संसदीय दलको बैठकले अनुमोदन गर्नेछ । संसदीय दलको बैठक अहिले बसिरहेको छ । यसअघि नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेको संसद् पद गुमेको थियो । नागरिकता लिएर लामिछाने पुनस् निर्वाचित भइसकेका छन् । 

यस्तै वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका डा स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जिम्मेवारी दिएको छ । 
रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको हो । रास्वपाले आजको बैठकबाट विभिन्न ३६ वटा विभाग गठन गर्दा स्वर्णिमले पनि जिम्मेवारी पाएका हुन् ।