सरकारमा सहभागी हुने/नहुने बारे रास्वपाले शुक्रबार निर्णय लिने

काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार मात्रै निर्णय लिने भएको छ ।

सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आआफ्ना धारणा राखेका थिए ।

महामन्त्री डा मुकुल ढकालले सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने पत्रकारहरूलाई बताए ।