बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत, राप्रपा र नेमकिपा तटस्थ

काठमाडौँ - बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको सोमबारको बैठकमा उनको पक्षमा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका एक सांसदले मतदान गरेका हुन् ।

११० सदस्य रहेको प्रदेश सभामा उनको पक्षमा ५६ सांसदले मतदान गरेका थिए । २ जना सांसद रहेको हाम्रो नेपाली पार्टीकी सरिता खड्गी भने बैठकमा अनुपस्थित रहिन् ।

गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्नो ६ जना मन्त्रीहरू बोलाएर सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक सोमबार विश्वासको मत लिएका हुन् । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने मुख्यमन्त्री जम्मकट्टेलको विपक्षमा मत हालेको थियो । कांग्रेसका ३७ सांसद् छन् ।