राष्ट्रपतिको निर्वाचनपछि विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि सरकारलाई पूर्णता दिने भएका छन् । उनले राष्ट्रपतिको निर्वाचनपछि विश्वासकोमत लिएर सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने तयारी थालेको बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनमा रहेका आठ दललाई नै समटेर फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनलगत्तै संसदमा विश्वासको मत लिएर सरकारलाई पुर्णता दिने प्रधानमन्त्रीको तयारी छ ।

एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । सरकारलाई समर्थन दिएको दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले तीस दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सरकारमा सहभागी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहरिएसँगै १६ मन्त्रालय मन्त्रीविहीन बनेका छन्। अहिले ती मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हालेका छन् ।