नेप्से परिसूचक २४.४४ अंकले घट्यो, १ अर्ब २८ करोडमाथिको कारोबार

काठमाडौँ - साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा घटेको छ । बुधबार नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ अङ्कले घटेर ३७८.३७ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा अपर तामाकोशी हाइड्रोपावर अग्रिम स्थानमा छ । यसको आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरीको कारोबार भएको छ । बुधबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ ।