फागुन २१ गते संसदमा उपस्थित भई जवाफ दिन सरकारलाई सभामुखको रूलिङ

काठमाण्डौँ - सभामुख देवराज घिमिरेले सरकारलाई आगामी बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका विषयमा जवाफ दिन निर्देशन दिएका छन् ।

शुक्रबार बसेको बैठकमा प्रतिपक्षी दलहरूले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै विरोध जनाएपछि सभामुख घिमिरले फागुन २१ गते बस्ने बैठकमा सरकारलाई उपस्थित हुन रूलिङ गरेका हुन् ।

आजको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपा लगायतका प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न दिए। थापाले बालकुमारी घटनाबारे संसदलाई जवाफ दिन सभामुखले पटकपटक रूलिङ गर्दा पनि प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको बताए ।