प्रतिनिधि सभा बैठक चैत्र ५ गतेसम्मका लागि स्थगित

काठमाडौं - संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल दाबी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको पहिलो दल कांग्रेस र दोस्रो दल नेकपा (एमाले) ले विश्वासको मत दिएका थिए । सरकारलाई विश्वासको मत दिएपनि आफू सरकारमा सहभागि नभएको भन्दै नेपाली काँग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो ।

राष्ट्रपतिको उम्मेदवारको विषयमा तत्कालिन सत्तारुढ गठबन्धन विभाजित भएपछि गत सोमवार नेकपा (एमाले)ले सरकार छोडेको थियो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । योसँगै नेकपा (एमाले) ले आफूहरु प्रमुख प्रतिपक्ष भएको दाबी गरेको छ ।