राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं - नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले आठ दलको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाइएका रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।