महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिना पक्राउ, दुवैको कोर्टमार्शल हुने

काठमाडौँ - नेपाली सेनाका थप दुईजना कर्णेल पनि पक्राउ परेका छन् । उपरथी प्रेमप्रकाश शाहीले आर्थिक अनियमितता गरेको कोर्ट अफ इन्क्वाइरीले निष्कर्ष निकालेको केही दिनमै सोही अनियमिततामा जोडिएको आरोपमा महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनपछि सैनिक मुख्यालयले शाहीविरुद्ध आइतबार कोर्ट मार्सल गठन गरेको थियो। अब पक्राउ परेका यी २ अधिकृतको पनि सोही कोर्ट मार्शलमा सुनुवाइ हुनेछ । सैनिक मुख्यालयमा अनुसार दुवै जनाविरुद्ध सैनिक अदालतमा कारबाही अघि बढाइएको छ।