निर्मला कुर्मीकाे न्यायका लागि अझै सडक सँघर्ष : अनुसन्धान गर्न फेरि बन्यो नयाँ समिति

काठमाडौँँ - बाँकेको निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानका लागि प्रहरीले अर्को समिति गठन गरेको छ ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।समितिमा सीआईबीका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, प्रहरी प्रधान कार्यालय, कानून शाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोती, सीआईबीका डीएसपी मदनजित महरा र रामकृष्ण पाठक सदस्य छन् ।