बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष थापा पनि पक्राउ

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापा पनि प्रहरीले पक्राउ गरेको छ ।

बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले पक्राउ गरेको हो।

यसभन्दा अगाडि अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

एसएसपी दिनेश आचार्यको कमाण्डमा सिआइबीले छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान गरिरहेको छ।