राजतन्त्रलाई फेरि ब्युताउने भनेको मसानघाट भएर आउने भूत जगाएजस्तै जगाउनु हो :  माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले इतिहास भइसकेका, हराइसकेका, उपाधियता समाप्त भइसकेका केही शक्ति राजतन्त्रलाई फेरि ब्युताउन खोजीरहेको बताए।

बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले केही शक्ति राजतन्त्रलाई फेरि ब्युताउने प्रयास गरिरहेको भन्दै भने, ‘मसानघाट भएर आउने भूत जगाएजस्तै जगाउन खोजिरहेको बताए ।

उनले देशमा राम्रो शासन नचलिरहेको कसैलाई लागेमा चुनावमा आएर जितेर बहुमत ल्याएर प्रधानमन्त्री बन्न आग्रह गरे। यस्तै, उनले राजदरबार हत्या काण्डमा प्रधानमन्त्रीले छानविन गर्ने भनेकोमा आफूहरूसँग कुनै सल्लाह नभएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीजीले फेरि छानविन गर्ने कुरा गर्नुभयो। यस्तो कुरा बारेमा सरसल्लाह गरेर गर्दा राम्रो हुन्थ्यो। हामीसँग कुनै सल्लाह भएको छैन। हाम्रो प्रचण्डजीले अलि छिट्टो बोल्नुहुन्छ।’

अध्यक्ष नेपालले केन्द्रीय सरकारलाई अगाडि बढाउनुका साथै प्रदेश सरकारले पनि सबै पार्टीलाई समेट्ने काम गरोस भन्दै, उनले प्रदेशले पाउनुपर्ने अधिकार प्रदेशले पाउनुपर्ने पनि बताए।