मौसममा समस्या भएपछि त्रिभुवन विमानस्थलको उडान–अवतरण ‘डिले’

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फको उडान–अवतरण केही समयता ‘डिले’ भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थल स्रोतका अनुसार आज तुम्लिङटारबाहेक सबै विमानस्थलमा उडान भइरहेको छ । त्रिभुवन विमानस्थलमा मौसम अनकूल भएको समयमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) प्रणालीबाट उडान–अवतरण हुन्छ ।

काठमाडौँको मौसम पनि पूर्णरूपमा खुलेको छैन । भीएफआर प्रणालीमा उडान गरेर आएका जहाजलाई ‘आईएफआर’ प्रणालीबाट अवतरण गर्दा सन्तुलन मिलाउनुपर्ने हुन्छ । जसले गर्दा जहाजले केही समय होल्ड हुनुपर्ने अवस्था  रहेको जनाइएको छ ।