स्कारपियोको ठक्करबाट नेपालगञ्जमा दुई जना पैदलयात्रीको मृत्यु

काठमाडौँ - बाँकेको नेपालगञ्जमा आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियोको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन् । 

गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन । घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।