SHARE
Samata Press · मङगलबार २६ जेठ २०८३ ०८:३१ PM · 1 मिनेट पढाइ

दरबार हत्याकाण्डदेखि अनुसन्धानमा रहेका सबै फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा पद बहाली गरेका छन् । मङ्गलवार साँझ पद बहालीपछि उनले विभिन्न संवेदनशील फाइल पुनः खोल्ने र अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने घोषणा गरेका हुन् । पद बहालीपछि उनले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने, जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझ सुदृढ बनाउने बताएका छन् । उनले छानबिन तथा अनुसन्धानमा रहेका सबै फाइललाई निष्कर्षमा पुर्‍याउने गरी काम अघि बढाइने पनि उल्लेख गरे । गृहमन्त्री गुरुङले आफू विरुद्ध जस्तोसुकै आरोप लागे पनि सहन तयार रहेको तर नेपाली चेलीलाई दुःख दिने विषय सह्य नहुने बताए । उनले तथ्यबिनाका आरोप र मिडिया ट्रायलका कारण कुनै पनि व्यक्तिले आत्महत्या गर्नुपर्ने अवस्था आउन नदिनुपर्ने भन्दै जिम्मेवार रिपोर्टिङको आवश्यकता औँल्याए ।