SHARE
Samata Press · मङगलबार २६ जेठ २०८३ ०४:२४ PM · 1 मिनेट पढाइ

अफगानिस्तानमा बाढीका कारण ३०१ जनाको मृत्यु, ३८५ घाइते

काबुल । विगत १० हप्तामा अफगानिस्तानमा फैलिएको मौसमी  तथा आकस्मिक बाढी र  बाढी जन्य प्रकोपका कारण कम्तिमा ३०१ जनाको मृत्यु हुनुका साथै ३८५ जना घाइते भएको अधिकारीहरूले मङ्गलबार घोषणा गरेका छन् । विपतले पूर्वाधार विनाश  गर्नुका साथै जीविकोपार्जनमा प्रभाव गरेको अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताएका छन् । लगभग दुई हजार  घरहरू पूर्ण रूपमा क्षेतिग्रस्त भएको जनाउदै  सात हजार १८७ घरहरु आंशिक क्षति भएको हम्मादले बताएका छन् । उनका अनुसार बाढीले सडक तथा कृषि उत्पादन डुबानमा परी नष्ट भएको छ ।  बाढाीका कारण मुलुक भरी कुल १८ हजार ८१२ घर परिवारहरू प्रभावित भएको  अधिकारीले बताएका छन् ।