SHARE
Samata Press · मङगलबार २६ जेठ २०८३ ०३:५९ PM · 1 मिनेट पढाइ

आगलागीबाट १२ घर जलेर नष्ट

राजविराज (सप्तरी) । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् । स्थानीय बुचु खङ्गको घरमा अचानक आगो लागेपछि निजसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो आगलागीमा सगन खङ्ग, दुखाई खङ्ग, लखन खङ्ग र नारायण खङ्गको घर जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिए । आगलागीको कारण खुलेको छैन भने यसबाट करिब रु २५ लाखको क्षति भएको उनले बताए । स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।