गृहमन्त्रीमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस, आजै शपथ
काटमाडौँ । सरकारले पुनः मन्त्रीपरिषद् पुनर्गठन गर्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेका छन्। दुवै जनाले आजै आजै दिउँसो राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने बताइएको छ । गुरुङ यसअघि पनि गृहमन्त्री नै थिए। तर, सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए। त्यसपछि उनका विषयमा छानविन गर्न सरकारले समिति गठन गरेको थियो। समितिले उनलाई निर्दोष करार गरेपछि प्रधानमन्त्रीले शाहले पुनः गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिन लागेका हुन्।
