संसद्मा विरोधको नयाँ शैली, विपक्षीले गरे शहीदको सम्झनामा ५ मिनेट मौनधारण
काठमाडौं । शहीदको सम्झनामा प्राय एक मिनेट मौन धारण गर्ने चलन छ । तर, मंगलबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको अगुवाइमा शहीदको सम्झनामा ५ मिनेट मौनधारण भएको छ । सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने अडान प्रतिपक्षी दलहरूले लिँदै आएका छन् । यस्तो माग पूरा नभइरहेका बेला कांग्रेसका सचेतक निश्कल राईले विरोधको नयाँ शैली अपनाएका हुन् । नेपाल देशलाई एकीकरण गर्न, विश्वभर उपनिवेश प्रथा हाबी हुँदा समेत नेपाललाई सार्वभौम र अखण्ड र एकतावद्ध राख्न पृथ्वीनारायण शाह देखि वीर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, भिमसेन थापा लगायत महान् योद्धाहरूको योगदानको कथा पढ्दै आएका स्मरण गर्दै उनले मौन धारणका लागि आग्रह गरेका हुन् ।
