SHARE
Samata Press · मङगलबार २६ जेठ २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९०० सय रुपैयाँमा कारोबार भएको छ। सोमबार सुनको मूल्य तोलामा दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य चार हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।