SHARE
Samata Press · मङगलबार २६ जेठ २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

बेड सङ्ख्या अनुसार शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट पौने २ करोड असुल गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको सक्रिय पहलमा ११ वटा स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय भएको छ । मन्त्रालयका अनुसार बेड सङ्ख्या अनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिरेको पाइएको आधारमा उक्त रकम असुल गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जबाफदेहिता सुनिश्चित गर्ने उद्देश्यसहित निर्णय कार्यान्वयनमा ल्याइएको छ । महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका विषयलाई समेत सम्बोधन गर्दै बक्यौता असुली प्रक्रिया अघि बढाइएको हो । मन्त्री मेहताले स्वास्थ्य सेवा क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र नियमअनुसार सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कानुन र मापदण्ड विपरीत हुने गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारिन् ।