SHARE
Samata Press · सोमबार २५ जेठ २०८३ ०४:४२ PM · 1 मिनेट पढाइ

सुधन गुरुङविरुद्ध जाहेरी दिन पुगेका जेनजीहरुलाई प्रहरी परिसरको गेटबाटै फर्काइयो

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले गेटबाटै फिर्ता पठाएको भन्दै आपत्ति जनाएको छ। सोमबार अभियानका प्रतिनिधि सांसद गुरुङले प्रहरी हिरासत कक्षभित्र प्रवेश गरी जेनजी अभियन्ताहरूसँग धम्कीपूर्ण तथा अभद्र व्यवहार गरेको, ‘देखाइदिन्छु’ भन्दै विभिन्न अपशब्द प्रयोग गरी मानसिक तथा राजनीतिक दबाब सिर्जना गर्न खोजेको आरोपमा जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरी दर्ता गर्नको लागि पुगेको थिए।  उक्त घटनाको सत्यतथ्य छानबिन तथा आवश्यक कानुनी कारबाहीको माग गर्दै जाहेरी दिन पुगेका अभियानका प्रतिनिधिहरूलाई परिसरको गेटबाटै फर्काइएको अभियानका अभियन्ता प्रकाश बमले बताएका छन्।  ‘हिरासतमा बस्दा पूर्वगृहमन्त्री सुदन गुरुङ त्यहाँ आएर हामीलाई अभद्र व्यवहार गर्नुभयो।