रास्वपा कालिकोट सभापतिमा केसी निर्विरोध चयन
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालिकोटको प्रथम जिल्ला अधिवेशनबाट प्रेमबहादुर केसी सभापतिमा निर्विरोध चयन भएका छन् । सान्नीत्रिवेणी गाउँपालिका–८ मुम्राका केसी यसअघि पनि जिल्ला सभापति रहिसकेका थिए । अधिवेशनबाट उपसभापतिमा दिनेशबहादुर शाही, सचिवमा भूपेन्द्र जङ्ग शाही र सहसचिवमा जीवनबहादुर शाही पनि निर्विरोध चयन भएका छन् ।
