रास्वपामा नयाँ नेतृत्व : कुन जिल्लामा को चुनिए ?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन भइरहेको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार ३८ जिल्लामा अधिवेशन भएको छ भने आज थप २८ जिल्लामा अधिवेशन हुँदैछ। रास्वपाका अनुसार शनिबार झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन भएको छ। यसैगरी, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन भई नयाँ नेतृत्व चयन भइसकेको छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने कार्यतालिका छ।
