SHARE
Samata Press · आइबार​ २४ जेठ २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

रास्वपाको बागमती प्रदेशमा ९ जिल्लामा अधिवेशन सम्पन्न, कुन जिल्लामा कसको नेतृत्व ? [सूची]

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशअन्तर्गत १३ जिल्लामध्ये हालसम्म नौ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । सम्पन्न भएका जिल्लामा नयाँ जिल्ला सभापति चयन भएका छन् । रास्वपाका अनुसार तीन जिल्लाको अधिवेशन आइतबार हुदैँछ । आइतबार अधिवेशन हुने जिल्लामा चितवन, रसुवा र ललितपुर रहेका छन् । त्यस्तै सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन विविध कारणले स्थगित गरिएको जनाइएको छ ।