SHARE
Samata Press · आइबार​ २४ जेठ २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

रास्वपाको बागमती र कोसी प्रदेशका १८ जिल्लामा अधिवेशन सम्पन्न, कुन जिल्लामा को सभापति ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र कोसी प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार बागमती प्रदेशका १३ मध्ये ९ जिल्ला र कोसी प्रदेशका १४ मध्ये ९ जिल्लामा अधिवेशन सम्पन्न भई नयाँ जिल्ला कार्यसमिति गठन गरिएको हो । निर्वाचन आयोग प्रमुख भुवन केसीले जारी गरेको विज्ञप्तिमा निर्वाचित सबै जिल्ला सभापति तथा कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । यी हुन् बागमती प्रदेशका निर्वाचित जिल्ला सभापति काठमाडौँ-राजा शाक्य भक्तपुर-रामेश्वर बस्नेत काभ्रेपलान्चोक-प्रवीण ढकाल सिन्धुली-अविनाश बस्नेत रामेछाप-रमेश रायमाझी दोलखा-दिनेश बस्नेत नुवाकोट-रामेश्वर गजुरेल धादिङ-राजन अर्याल मकवानपुर-सञ्जीव पाठक चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन जारी छ भने सिन्धुपाल्चोकको अधिवेशन विविध कारणले स्थगित भएको छ । यी हुन् कोसी प्रदेशका निर्वाचित जिल्ला सभापति सुनसरी-सागर दाहाल झापा-ओम भण्डारी ताप्लेजुङ-राजन कुमार गुरुङ मोरङ-भरत कँडेल तेह्रथुम-सुमन खत्री भोजपुर-ख्याम बहादुर भुजेल सङ्खुवासभा-भक्त नारायण श्रेष्ठ ओखलढुङ्गा-कृष्णबहादुर थापा धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा अधिवेशन जारी रहेको आयोगले जनाएको छ ।