SHARE
Samata Press · शनिबार २३ जेठ २०८३ ०८:३९ PM · 1 मिनेट पढाइ

चार हजार दुई सय बढी वडामा चुनियो रास्वपाको नेतृत्व

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर चार हजार दुई सय ४६ वडामा अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भएको जनाएको छ।  केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम ५१२ स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । थप चार नगरपालिका र चार वडामा समिति अद्यावधिक भएका छन् । शनिबार र आइतबार रास्वपाको जिल्ला अधिवेशन हुँदैछ । जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।  यही जेठ २६ गतेदेखि रास्वपाको प्रदेश अधिवेशन सुरु हुँदैछ । प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरी कार्य प्रारम्भ भइसकेको प्रमुख केसीले जानकारी दिए।