SHARE
Samata Press · शनिबार २३ जेठ २०८३ ०८:४५ PM · 1 मिनेट पढाइ

इरानको ७८ प्रतिशत शैन्य क्षमता नष्ट गरिसकिएको छ : ट्रम्प

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ७८ प्रतिशत शैन्य क्षमता नष्ट गरिदिएको दाबी गरेका छन्। उनले इरानसँग अझै पनि करिब ‘२२ प्रतिशत’ क्षेप्यास्त्र भने बाँकी रहेको बताए।  एनबीसी न्यूजको ‘मिट द प्रेस’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रूपमा नष्ट गरेको बताए । ट्रम्पले भने, ‘तेहरानसँग अब आफ्नो पुरानो मिसाइल क्षमताको २१ देखि २२ प्रतिशत मात्र बाँकी छ ।’इरानसँग बाँकी रहेको क्षेप्यास्त्र भण्डारको यो अनुमान मे महिनामा ट्रम्पले दिएको १८ प्रतिशतभन्दा बढी हो । यसअघि उनले इरानको युद्ध क्षमतालाई पूर्ण रूपमा नष्ट गरेको दाबी गर्दै आएका थिए । इरानको सेनाले शुक्रबार ओमानको खाडीमा रहेका दुई अमेरिकी युद्धक जहाजमा ‘चेतावनीका लागि क्षेप्यास्त्र’ प्रहार गरेको बताएको छ । दुई दिनअघि कुवेतले इरानको जघन्य आक्रमणको एक हिस्साका रूपमा प्रहार गरिएका ३० वटा ब्यालेस्टिक क्षेप्यास्त्र निस्क्रिय पारिएको बताएको थियो । दुई देशबीच चेतावनी र हिंसाले भड्किएको हप्तौँदेखिको जटिल वार्ताले युद्ध अन्त्य गर्ने सम्झौता गर्न असफल भएको छ । यसैबीच, अर्को एक प्रसङ्गमा ट्रम्पले ‘इरानसँग सम्झौतामा पुग्नुबाहेक अर्को विकल्प नभएको’ पनि बताएका छन् । ट्रम्पले भने, ‘तिनीहरू बलियो छन् र घमण्ड पनि गर्छन् किनकि त्यहाँ अझै चीज (हतियार)हरू छन् । उनीहरू आफैले इरानसँग त्यो पैमानामा हतियार छन् भन्ने कहिल्यै सोचेका थिएनन् ।