SHARE
Kalo Pati · बुधबार १० मंिर २०८३ ०४:५२ AM · 1 मिनेट पढाइ

त्रिविको कलेजमा अन्य विश्वविद्यालयका कार्यक्रम चलाउन नपाइने, कलेजहरूसँग मागियो स्वघोषणा पत्र

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूले एउटै परिसरभित्र अन्य कुनै पनि स्वदेशी वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको आधिकारिक स्वघोषणा पत्र बुझाउनुपर्ने भएको छ। उपकुलपतिको कार्यालयले बुधबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै मंसिर १५ गतेभित्र अनिवार्य रूपमा यस्तो स्वघोषणा पठाउन क्याम्पस तथा कलेजहरूलाई निर्देशन दिएको हो।