SHARE
Samata Press · मङगलबार २ मंिर २०८३ ०२:०३ PM · 1 मिनेट पढाइ

लैङ्गिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुँदै

काठमाडौं। लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, पीडितको संरक्षण सुनिश्चित गर्ने तथा हिंसाका घटनामा दण्डहीनताको अन्त्य गर्दै न्यायमा पहुँच स्थापित गर्ने उद्देश्यसहित यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय अभियान यस वर्ष सन् २०२६ नोभेम्बर २५ देखि डिसेम्बर १० (२०८३ मंसिर ९ देखि २४ गते) सम्म सञ्चालन हुनेछ।