१ सय १८ औं देवकोटा जयन्ती एवं नयाँ वस्ती युवा क्लबको ४० औं वार्षिकोत्सवको अवसरमा प्रा.डा. त्रिपाठी र युवा सर्जक अर्याललाई सम्मान
कात्तिक २२, काठमाडौं । राजधानीको गोकर्णेश्वर—५ स्थित नयाँ बस्ती युवा क्लबले १ सय १८ औं देवकोटा जयन्ती एवं क्लबको ४० औं वार्षिकोत्सवको अवसरमा दुई स्रष्टालाई सम्मान गरेको छ । क्लब प्रांगणमा आज एक कार्यक्रम गरी वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी र युवा सर्जक निर्मल अर्याललाई सम्मान गरिएको हो ।