SHARE
Samata Press · शनिबार १५ कात्िक २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

त्रिविका ७७५ प्राध्यापक–कर्मचारीको तालिमका लागि एक करोड २५ लाख स्वीकृत

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले शिक्षक तथा कर्मचारीको तालिमका लागि एक करोड २५ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ । त्रिवि समन्वय महाशाखाद्वारा आयोजित बैठकले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रम तथा बजेट पारित गर्दै नौवटा विषयमा ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालीन तथा सेवा प्रवेश तालिम दिने निर्णय गरेको हो ।