एआई मोडेल कम जीपीयूमा सञ्चालन गर्न सघाउने भारतीय स्टार्टअपमा एनभिडियाको लगानी
एआईको बढ्दो प्रयोगले कम्प्युटिङ क्षमतामा दबाब परिरहेका बेला एनभिडियाले भारतीय स्टार्टअप सिम्प्लिस्मार्टमा लगानी गरेको छ। कम्पनीले १ करोड ४० लाख अमेरिकी डलरको लगानी जुटाउने क्रममा एनभिडियाको समर्थन पाएको हो।