काठमाण्डु – भोटेकोशी बाढीमा बेपत्ता भएकाको खोजी कार्यलाई अब ‘खोज तथा उद्धार’बाट ‘खोज तथा पुन:स्थापना’ अर्थात् ‘सर्च एन्ड रिकभरी’ चरणमा लैजाने निर्णय गरिएको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले अत्यावश्यक स्थानमा खोजी कार्यलाई निरन्तरता दिँदै हालका लागि खोज तथा उद्धारबाट खोज तथा पुन:स्थापनाको कार्य