काठमाण्डु– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले मंसिरमा हुने भनिएको १५औँ महाधिवेशनका लागि तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई बुझाएको छ। देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता भएको नेता एनपी साउदले बताएका छन् । आयोगमा बुझाइएको पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन सुरू गरी मङ्सिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने