इन्जिनियर सांसदलाई प्रधानमन्त्री बालेनको आग्रह- ‘राजनीतिभन्दा विकासका नयाँ आइडियामा केन्द्रित हुनुहोस्’

  • बुधबार १४ असो २०८३ १०:२१ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान र सीप मुलुकको विकासमा उपयोग गर्न आग्रह गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रतिनिधिसभामा रहेका इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री शाहले सांसदहरूलाई आफ्नो प्राविधिक दक्षता