यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी विस्तार गरिने

  • बुधबार १४ असो २०८३ ११:०८ AM
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न यसै वर्ष दुई सय नयाँ टेलिफोन टावर निर्माण तथा एक हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा