तेह्रथुममा कार्की र बास्कोटा कांग्रेस क्षेत्रीय सभापति निर्वाचित

  • बुधबार १४ असो २०८३ ०१:०९ PM
तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा श्रीप्रसाद कार्की निर्वाचित भएका छन । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा कृष्ण बास्कोटा निर्वाचित भए । प्रदेशसभा ‘क’ को सभापतिका लागि भएको निर्वाचनमा कार्कीले २८२ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी प्रल्हाद खड्काले २६९ मत प्राप्त गरे थिए । कार्की १३ मतको अन्तरले निर्वाचित भएका हुन । त्यस्तै, प्रदेशसभा ‘ख’ को सभापतिमा निर्वाचित बास्कोटाले २१३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी भीमबहादुर लिम्बुले १७४ मत प्राप्त गरेका छन । बास्कोटा ३९ मतको अन्तरले विजयी भएका हुन् । नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत तेह्रथुमका ४३ वडामा असोज ४ गते वडा तहको नेतृत्व चयन गरिएको थियो । त्यसपछि जिल्लाका ६ वटै स्थानीय तहमा असोज ७ र ८ गते पालिका तहको नेतृत्व चयन गरिएको हो । प्रदेशसभा ‘क’ र ‘ख’ को सभापतिको परिणाम सार्वजनिक भएसँगै अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिको मतगणना जारी रहेको छ ।