बाढीले ऊर्जा सुरक्षामै प्रश्न उठायो, लगानीकर्ताको विश्वास जोगाउन घिसिङको जोड

  • बुधबार १४ असो २०८३ ०१:५८ PM
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले गत भदौ १० मा भोटेकोशी नदीमा आएको बाढी र केही दिनअघिको अविरल वर्षाका कारण भएको मानवीय तथा भौतिक क्षतिले नेपालको ऊर्जा सुरक्षा र विकास यात्रामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् ।  मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले प्राकृतिक विपद्का कारण विद्युत्, सडकलगायत अत्यावश्यक पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गरेका हुन् । विशेषगरी त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, विद्युत् प्रसारण तथा वितरण संरचना र सडक पूर्वाधारमा भएको क्षतिप्रति उनले चिन्ता व्यक्त गरेका छन् । उनले त्रिशूली नदी बेसिनको भौगोलिक तथा भौगर्भिक अवस्था र पछिल्लो प्राकृतिक विपद्ले जलविद्युत् आयोजनाको भविष्य तथा लगानी सुरक्षाबारे गम्भीर प्रश्न उठाएको बताएका छन् । उनका अनुसार यस अवस्थाले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबलमा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था सिर्जना भएको छ । उनले भने, ‘विद्युत्, सडक लगायतका अत्यावश्यक पूर्वाधारमा भएको क्षतिले अहिलेको संकट मात्र होइन, आगामी दिनको ऊर्जा सुरक्षा र विकासको यात्रामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ ।’ घिसिङले विपद्का कारण आफ्नो थातथलो र सम्पत्ति गुमाएका नागरिकको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सरकारको उपस्थिति अझ प्रभावकारी र देखिने गरी हुनुपर्ने बताएका छन् । जाडो नजिकिँदै गर्दा विस्थापित नागरिकलाई असुरक्षित र कष्टपूर्ण अवस्थामा राख्न नहुने उनको भनाइ छ । उनले विस्थापित नागरिकका लागि तत्काल सुरक्षित आवास, राहत र पुनस्र्थापनाको ठोस व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । ‘जाडो नजिकिँदै गर्दा विस्थापित नागरिकलाई सुरक्षित आवास, राहत र पुनस्र्थापनाको ठोस व्यवस्था गर्न किन ढिलाइ गरिँदैछ