सिन्धुली । सिन्धुलीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको हो । घाइते हुनेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ रहेका छन् । घाइतेको उद्वार गरी धुलिखेल अस्पताल ल्याइएको छ । जिपका चालक काभ्रेपलाञ्चोकको बेथानचोक ... The post सिन्धुलीमा जिप दुर्घटना हुँदा ८ जना घाइते appeared first on Kalika Khabar.