जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । जुनिचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाही साउन ११ गते राति करिब ८ बजे आफ्नै घरको सिँढी नजिकै घाँटीमा धारिलो वस्तुले प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलबाट प्रहरीले धारिलो खुर्पासमेत बरामद गरेको थियो । प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृतककी माइली