काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा आयोगका कार्यबाहक अध्यक्ष हरिदत्त जोशीले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका काम, गतिविधि तथा समावेशीकरणसँग सम्बन्धित विषय समेटिएको छ ।