दीपा नेपालीको धर्नाबारे खगेन्द्र सुनार भन्छन्- ...उसोभए म प्रधानमन्त्री भएपछि वार्ता गरौँला भनेको छु'

  • बिहीबार २८ साउन २०८३ १०:२७ AM
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य एवम् सांसद खगेन्द्र सुनारले दलितमैत्री कानून बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन्।  दलितमैत्री कानून बनाउन माग गर्दै अभियन्ता दीपा नेपालीसहित युवाहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेकामा सांसद सुनारले दलित समुदायले आफ्नो हकका लागि अब आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए। बुधबार काठमाडौँमा दलित युवाहरूको सम्मेलनमा बोल्दै उनले भने- 'दलितमैत्री कानून बन्छन्। यसका लागि रास्वपा प्रतिबद्ध छ। सभापतिज्यू, प्रधानमन्त्रीज्यू प्रतिबद्ध छ। म लागेको छु। बन्न बाँकी र भएका कानूनमा गर्नुपर्ने सुधारहरू पनि अब धमाधम हुन्छन्, आत्तिनुपर्ने कुरा छैन।  उनले अभियन्ता दीपा नेपालीसँग वार्ता गर्न खोज्दा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्छु भनेपछि समाधान गर्न नसकिएको बताए। 'दीपा नेपाली यत्रो समयदेखि माइतीघरमा धर्ना बसिरहनुभएको छ। मैले उहाँलाई फोन गरेँ, संवाद गरौँ। अघि बढौँ भनेँ। तर उहाँले मान्नुभएन। उहाँले सीधा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्छु भनेपछि त्यसो भए अब म प्रधानमन्त्री हुन्छु, अनि वार्ता गरौँला भनेर फर्किएँ,' उनले भने।  उनले आफैँले महिनौँसम्म माइतीघरमा एक्लै धर्ना दिएर यहाँसम्म आएको स्मरण गर्दै सधैँ लडेर, आन्दोलन गरेर मात्रै उपलब्धि हासिल नहुने बताए।  उनले अहिले दलित-दलितबीच विवाद गर्नेभन्दा पनि समाधान खोज्न एकताबद्ध हुनुपर्ने बेला आएको बताए। 'हामी उपलब्धिका लागि एकताबद्ध हुँदैनौँ। यो निकै ठुलो समस्या बनेको छ,' उनले भने, 'चकलेट एउटा छ, पाए खाने एउटैले हो। तर चकलेट पाउनुपर्छ भनेर आन्दोलन गर्दा एकजुट हुने, खानेबेला एकजुट नहुने हो भने कसैले पनि चकलेट खान पाउँदैन। हामीले एकजुट भएर आन्दोलनको उपलब्धिहरूलाई संस्थागत गर्न सक्नुपर्छ।' उनले आफूले रुकुमपश्चिममा नवराज विकसहित ६ जना युवाहरूमाथि जातकै अत्याचार भएको घटनापछि कलम र क्यामेरा छोडेर आफू राजनीतिमा होमिनुपरेको स्मरण गरे।  'एक दिन, दुई दिन होइन। ४५ दिन सम्म ठिङ्गै त्यो रोडमा उभिएको थिएँ, एक्लै। दुई-चार जना साथीहरू थिए, उनीहरू सुरुमा त सँगै थिए, पछि यसरी कहाँ हुन्छ भनेर