काठमाडौं : ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघले विरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक लोककृष्ण दाहालका अनुसार जनआस्था डटकममा प्रकाशित एक समाचार सामग्रीमा दिपिका सिंहले दिएको ‘वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५’ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई मंगलबार पक्राउ गरिएको हो।प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौं लगेपछि प्रहरीले उनको