ललितपुर । नेपाली कांग्रेसले सरकारले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले अर्थतन्त्र सुधारका लागि सरकारले चाल्ने सकारात्मक कदममा पार्टीको सहयोग रहने बताए । उनले देशको आर्थिक विकास, उत्पादन, राजस्व सङ्कलन र रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।