एसीसी प्रिमियर कप: नेपालको पहिलो खेल बहराइनसँग

  • बिहीबार २८ साउन २०८३ ०७:०१ AM
काठमाडौं : मलेसियामा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कपमा नेपालले आफ्नो पहिलो खेल बहराइनसँग खेल्ने भएको छ। एसीसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल र बहराइनबीचको खेल अगस्ट ३१ मा हुनेछ। नेपालले आफ्नो दोस्रो खेलमा सेप्टेम्बर ३ मा मलेसिया, सेप्टेम्बर ६ मा साउदी अरेयिबा र सेप्टेम्बर ८ मा हङकङसँग खेल्नेछ।१० टोली सहभागी हुने प्रतियोगिता अगस्ट ३० देखि सेप्टेम्बर १२ तारिखसम्म मलेसियामा सञ्चालन हुनेछ। नेपाल समूह ‘बी’ मा छ। यस समूहमा नेपाल र बहराइनसहित साउदी अ