काठमाडौं : भृकुटीमण्डपमा मंगलबारदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो भइरहेको छ। प्रदर्शनीमा ५० भन्दा बढी अटोमोबाइल स्टल तथा करिब चार दर्जन नयाँ दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनका मोडलहरू राखिएका छन्।नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको एक्सपो छ दिनसम्म चल्नेछ। नेपालको प्रमुख चाडपर्व सुरु हुनुअघि आयोजना गरिएको एक्स्पोको दोस्रो संस्करणमा सवारीसाधनको बुकिङमा विभिन्न छुट तथा अफरहरू समेत उपलब्ध गराइएको छ। एक्स्पो बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि